कृषि विकास बैंकको लाभांश घोषणा


काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनी वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले शेयरधनीहरुलाई ३.२५ प्रतिशत बोनश शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै, नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुने बैंकले जानकारी दिएको छ।