काठमाडौं – नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय विवरणअनुसार तीन महिनामा १ अर्ब ७५ करोड नाफा आर्जन गरेको हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन चालु आर्थिक वर्षको तुलनामा बढी हो । असोजसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ। यस्तै, बैंकको सञ्चालन मुनाफा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा भएको छ। जबकी अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ थियो।
नाफासँगै बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । यस्तै, हालसम्म बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ।
असोजसम्ममा बैंकले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चालु आर्थिक वर्षमा बैंकको खराब कर्जामा भने केही गिरावट आएको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा १.४२ प्रतिशत थियो।



About Us
प्रतिक्रिया