इन्जिनियरिङ संस्थानले अस्वभाविक शुल्कवृद्धि फिर्ता लिनुपर्ने कांग्रेस सांसद पौडेलको भनाई 

इन्जिनियरिङ संस्थानले अस्वभाविक शुल्कवृद्धि फिर्ता लिनुपर्ने कांग्रेस सांसद पौडेलको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सामान्य जनताको पहुँच भन्दा बाहिर जाने गरी अस्वभाविक रूपमा शुल्कवृद्धि गरिएकोले फिर्ता गरिनुपर्ने माग गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्कवृद्धि गरेको थियो ।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पु¥याएपछि विद्यार्थी संघसंगठनहरूले पनि शुल्क वृद्धि फिर्ता गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।