काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन २७ दशमलव ६४ अंकले घटेर २५ सय ९५ दशमलव २४ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.७५ अंक बढेर २५ सय ९६ दशमलव ९९ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । यस सेसनमा ८ लाख २३ हजार ९८९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ९ सय ७० कित्ता शेयर किनबेच भएको छ।



About Us
प्रतिक्रिया