काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा करेक्सन देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन्। नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै र्स्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ७ समूहको शेयर मूल्यमा गिरावट देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२२ प्रतिशत, फाइनान्स समूहको ०.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.०५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७० प्रतिशत र जीवन बीमा समूहको १.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।





About Us
प्रतिक्रिया