काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई २० औँ वार्षिक साधारण सभामा बोलाएको छ । बैंकले लाभांश पारितको प्रस्तावसहित मंसिर ६ गते सो सभा बोलाएको हो । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको २६५ औँ बैंठकको निर्णयले उक्त सभा धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुनेगरी बोलाएको छ ।
सभाले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढीको खर्च अनुमोदन गर्ने, आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखा परीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसकाेअर्थ कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।



About Us
प्रतिक्रिया