मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नतिको प्रस्ताव पारित

१८.२० प्रतिशत लाभांसको प्रस्ताव पारित


काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले शनिबार पोखरामा आफ्नो उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न गरको छ । साधारण सभाले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांशमध्ये १३.५३ प्रतिशत बोनस शेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांशको कर सहित) रहेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंकको चुक्ता पूँजी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा पुर्याउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ । सभाले आव २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । सभामा बैंकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।