काठमाडौं – आज शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ज्योति विकास बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् । यसदिन ९ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत र फाइनान्स समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेकोे छ ।





About Us
प्रतिक्रिया