काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६२.२९ अंकले बढेर २५ सय ७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ ।
आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३१३ कम्पनीको ९० लाख ६५ हजार ३८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४७ करोड ९० लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड २५ लाख रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, बुटवल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरूले ६.३६ प्रतिशतका दरले गुमाएका छन्।





About Us
प्रतिक्रिया