नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम घट्यो


काठमाडौं –आज शेयर बजार दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से १६.६७अंकले बढेर २५ सय ३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ ।

आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड १० लाख रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन ८०–२० कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताहरूले ६.१० प्रतिशतका दरले  गुमाएका छन् ।