काठमाडौं – सिटिजन्स बैंक लिमिटेडले १९ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।
बैंकको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा प्रयोजनका लागि कार्तिक १७ गते एक दिन शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको हो ।
जसअनुसार कार्तिक १६ गतेसम्म नेप्से कारोबारमा कायम शेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया