काठमाडौं – हिमालयन बैंकको कात्तिक तीन गतेदेखि १० गतेसम्म सेवा बन्द हुने भएको छ। बैंकले कोर बैंकिङ्ग सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने भएकाले उक्त अवधिमा बैंकिङ्ग सेवा नहुने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार यो अवधिमा एटिएम, पस मेसिन, क्युआर मार्फत भुक्तानी, इकर्मश सेवा भने चल्नेछ। यो अवधिमा बैंकको कार्यालय, काउन्टर सबै भन्द हुने भएकाे छ । जसकारण ग्राहकले यो अवधिमा नगद जम्मा गर्न विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने भएपनि काउन्टरमा गर्न सक्ने छैनन् । यो अवधिमा कर्जा जारी गर्ने लगायतका सबै काम बन्द हुने बैंकले उल्लेख गरेको छ।
मुख्य सफ्टवेयर परिवर्तन गरिएपछि बैंकको विद्युतीय भुक्तानी माध्यमदेखि अन्य काम कारबाही अहिलेभन्दा द्रुत स्तरमा हुने समेत बैंकले उल्लेख गरेको छ। कात्तिक ३ देखि ७ गतेसम्म तिहारको र १० गते छठको बिदा छ।




About Us
प्रतिक्रिया