काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट Central Business Centre का प्रमुख लेख बहादुर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ग सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ।



About Us
प्रतिक्रिया