कामना सेवा विकास बैंकद्वारा नेपालकै पहिलो ‘डोर इस्टेप बैंकिङ्ग सर्भिस’सेवा सुरु


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर इस्टेप बैंकिङ्ग सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ्ग क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ्ग सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ ।

अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यो सुविधाहरु नि:शुल्क रुपमा प्रदान गरिएको छ ।

ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैंक प्रतिनिधीले अनुरोध गरिएको स्थान सम्मनै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङ्गको प्रर्वद्धन गर्दै बैंकिङ्ग पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री वनार्ईको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो डोर इस्टेप बैंकिङ्ग सेवा हो । विश्वका केही विकशित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ्ग सुविधा प्रदान गर्ने प्रचलन रहेतापनी नेपालको बैंकिङ्ग ईतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले जनाए ।

ग्राहकको लामो लाईन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंककाका सुविधाहरु उपभोग गर्न सकिने छ। यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ्ग सुविधा समेत निशुल्क रहेको छ । हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ ।