२३ दिनदेखि आन्दोलनरत नेप्सेका कर्मचारीः ‘सम्पर्कविहीन सीईओ खोजिदिनुस्’


काठमाडौं – नेपाल स्टक एक्सचेञ्च (नेप्से) का कर्मचारीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईलाई खोजिदिन आग्रह गरेका छन् ।

बोनसको विवाद नमिलेका कारण विगत २३ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरुले सीईओ चापागाईँको राजीनामा माग्नुका साथै २३ दिनदेखि सम्पर्कविहीन रहेकाे भन्दै खोजिदिन आग्रह गरेका हुन्।

नेप्सेका कर्मचारीले बोनसका विषयमा श्रम अदालत र श्रम कार्यालयको आदेश पालना नभएको भन्दै आन्दोलन गरिरहेका छन्। कर्मचारीहरूले बोनसबापत ४ वर्षमा पाउनुपर्ने करिब १० करोड रकम नपाएपछि आन्दोलन गरेका हुन् ।