नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ४४.२५ अंकले बढेर २५ सय ४७ दशमलव ६० को बिन्दुमा कायम भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

आज दिनभरिमा ३३० कम्पनीको करिब १ करोड कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। आज यी तिन कम्पनीका लगानीकर्ताले १०/१० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।