प्रि ओपन सेसनमा १.७८ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारकाे दिन २२ दशमलव ५९ अंकले बढेर २५ सय ८२ दशमलव १८ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.७८ अंक बढेर २५ सय ८३ दशमलव ९७ को बिन्दुमा कायम भएको छ। आजको प्रि ओपन सेसन भरिमा ३२ कम्पनीले कारोबार गर्दा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

यस सेसनमा २ करोड ४० लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ४४ हजार १७३ कित्ता शेयर किनबेच भएको छ।