सूचिकृत कम्पनीलाई धितोपत्रको नवीकरण शुल्क बुझाउन नेप्सेले दियो पुनः निर्देशन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन पुनः निर्देशन दिएको छ । नेप्सेले दोस्रो पटक एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२।८३ का लागि धितो पत्रको वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरूलाई ताकेता गरेको हो।

यसअघि असोज ७ गते एक सूचना जारी गर्दै नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन नेप्सेले सूचिकृत कम्पनीलाई आग्रह गरेको थियो।

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।