जापानले पाउँदै पहिलो महिला प्रधानमन्त्री, व्यवसाय मैत्री भएकाले शेयर बजारमा उछाल


काठमाडौं । भावि प्रधानमन्त्रीमा ‘प्रो’ व्यवसायीक व्यक्ती पक्का भएपछि जापानको शेयर बजार ऐतिहासिकरुपमा बढेको छ । समाचार संस्था बीबीसीका अनुसार लिबरल डेमोक्र्याट पार्टीले सानाई टाकाइचीलाई भावि प्रधानमन्त्रीकारुपमा अघि सारेपछि शेयर बजार उच्च अंकले बढेको हो ।

जापानको पहिलो महिला प्रधानमन्त्रीकारुपमा अघि सारिएकी उनी व्यवसायीक क्षेत्र मैत्री मानिन्छिन् । जसकारण, शेयर बजार उच्च अंकले बढेको बताइएको छ । सो प्रस्तावसँगै निक्सि २२५ ४.५ प्रतिशतले बढ्यो र परिसूचक ४७ हजार अंकको बिन्दुमा पुग्यो ।

उनले यसअघि जापानको अर्थमन्त्रालय र विदेश मन्त्रालयको उच्च ओहोदामा बसेर काम गरिसकेकी छिन् । यसबाहेक बेलायतका पूर्व प्रधामनमन्त्रीको सल्लाहकारको भूमिकामा समेत बसेर काम गरिसकेकी छिन् । लिबरल डेमोक्र्याट पार्टीले प्रधानमन्त्रीकारुपमा सारेपछि लगानीकर्तामा उत्साह आएको छ ।

जसकारण, रियल इस्टेट, प्रविधि र हेभ्भी औद्योगिक कम्पनीहरुको शेयर मूल्य उच्च अंकले बढेको छ । तर, शेयर बजार बढेपछि येन अमेरिकी डलरको तुलनामा १.७ प्रतिशतले तल झरेको छ ।