टिप्स

दसैंको बिदामा शेयर बजारको जानकारी लिन चाहनुहुन्छ ? हेर्नुहोस् यी फिल्महरू


काठमाडौं – हिजोआज शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको संख्या बढ्न थालेको छ । थोरै पैसाले पनि शेयर बजारमा सजिलै लगानी गर्न सकिने र चाहिएको बेलामा शेयर बेचेर सजिलै नगदमा रूपान्तरण गर्न मिल्ने भएकाले शेयर बजारको आकर्षण बढ्दो छ । तर, शेयर बजारमा लगानी गर्नुभन्दा अगाडि बजारको प्रकृतिबारे राम्रोसँग बुझ्न जरुरी छ । बजारबारे राम्रोसँग बुझेर लगानी गर्दा यसबाट भोलीका दिनमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सकिन्छ । 

शेयर बजार छोटो समयमा नै बुझ्न सकिने क्षेत्र भने होइन । यसको लागि प्रशस्त समय चाहिन्छ । जुन समय अहिले हामीसँग छ। किनभने अहिले तपाईं हामी आफ्नो व्यस्त जीवनशैलीबाट केही छुटकरा पाएर दसैं बिदामा बसिरहेका छौं । हामीमध्ये कतिलाई यो फुसर्दको समयमा के गर्ने ? कहाँ जाने भन्ने कुरामा अन्यौल हुन सक्छ । यो अन्योलतालाई पन्छाएर यो समयमा शेयर बजारबारे जान्न सकिन्छ ।

हामी यही बिदाको समयलाई बचाएर शेयर बजारको ज्ञान लिने र चलचित्रको मनोरञ्जन पनि एकसाथ लिनसक्छौंँ ।  शेयरबारे जान्न कुनै ट्रेनिङ, किताबहरू नै आवश्यक पर्छ भन्ने छैन विभिन्न विकल्पमध्ये चलचित्रहरू पनि एक हो । चलचित्र एउटा यस्तो विधा हो, जसमा अभिनय दृश्यहरूले कथाको भावलाई छर्लङ्गपार्ने सहयोग गर्छ । जसलाई दर्शकले सहज ढंगले बुझ्न सक्छन् । यसैले शेयर बजारबारे बुझ्न समेत चलचित्र हेर्नु एउटा उपयुक्त उपाय हुन सक्छ ।

यता, नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाईमा रहेको ७५ वटा कम्पनीहरू जुन दसैंपछि आईपीओ निकाल्न तयारी अवस्थामा छन् । यो फुर्सदको समयमा शेयरबारे बुझेर यी कम्पनीहरूको आईपीओ भरेर दोस्रो बजारमा प्रवेश गर्न सकिन्छ ।

शेयर बजारसँग सम्बन्धित हालसम्म विश्वमा दर्जनौँ फिल्महरू बनिसकेका छन् । जसमध्ये पनि ट्रेडिङ प्लेसेस्, रग ट्रेडर, इक्विटी त्यस्तै, दि विग सर्ट, वाल स्ट्रिट, इनसाइड जब त्यसैगरी, बयलर रुम, मार्जिन कल, स्क्याम १९९२ र बजार गरी १० फिल्महरूले शेयर बजार के हो ? शेयर बजारमा कसरी कारोबार गर्ने ? छोटो समयको लाभका लागि अनैतिक तरिका अपनाउनु कतिसम्म नोक्सान बेहोर्नु पर्छ भन्ने जस्ता विषय बस्तुहरू यी फिल्महरूमा समावेश गरिएको छ । 

ट्रेडिङ प्लेसेस् Trading Places_

यो फिल्म शेयर बजार सम्बन्धी विषय बस्तुलाई यर्थात् रूपमा प्रस्तुत गरिएको हलिउड फिल्म हो । जुन सन् १९८३ मा अमेरिकामा बनेको थियो । लुइस विन्टथ्रोप थर्डले मुख्य पात्रको भूमिका निभाएको यो फिल्म एक काल्पनिक र कमेडी फिल्म हो । यो धनी व्यापारी र सडकका ठगको स्थान परिवर्तन कथा हो । जसले शेयर बजारको दुनियाँलाई हास्यपूर्ण तरिकामा प्रस्तुत गरेको छ ।

रग ट्रेडर -Rogue Trader_

रग ट्रेडर सन् १९९९ मा यूकेमा बनेको फिल्म हो । एउटा वास्तविक जीवनमा आधारित कथा हो । यो फिल्ममा ‘नीक लेशन’ नामक एक ट्रेडरले बैंकलाई ठगेर ठुलो आर्थिक संकटमा पार्छ भन्ने देखाउँछ ।

इक्विटी -Equity

यो फिल्म सन् २०१६ मा बनेको अमेरिकामा बनेको काल्पनिक कथा हो । तर यसमा वाल स्ट्रीटमा महिलाको संघर्ष देखाइएको छ । जसको मुख्य पात्रको भूमिका नाओमी बाइशपले निभाएका छन् । जसमा पहिलो महिला इन्भेष्टमेन्ट बैंकरको कथालाई प्रस्तुत गरेको छ । जसले वित्तीय दुनियाँमा आफ्नो स्थान बनाउँछ । जसलाई अमेजन प्राइम भिडियोबाट हेर्न सकिन्छ ।

दि बिग सर्ट -The Big Short_

यो सन् २०१५ मा अमेरिकामा बनेको हलिउड फिल्म हो । यो रियल इस्टेटसँग सम्बन्धित चलचित्र हो । जसमा केही विज्ञहरूले २००८ को हाउजिङ बबल (अस्वाभाविक रूपमा बेलुन जसरी फुले जसरी बढेको मूल्यमा गिरावट आएको) बढेर फुट्ने भविष्य देख्छन् र त्यसबाट लाभ कमाउँछन् । जसले आर्थिक संकटको ज्ञान र विश्लेषणले अवसरमा परिणत हुन सक्छ भन्ने सन्देश दिन्छ । जसलाई नेटफ्क्सिबाट हेर्न सकिन्छ ।

वाल स्ट्रिट -Wall Street_

सन् १९८७ मा अमेरिकामा बनेको यो फिल्म काल्पनिक कथा हो । तर यो संसारकै ठुलो बजार वालस्ट्रिटमै आधारित एक हलिउड फिल्म हो । यसमा माइकल डग्लास ले एक भ्रष्ट स्टक ब्रोकरको भूमिका निभाएका छन् । युवा ब्रोकरले बड फक्सले कार्पाेरेट लोभ र इनसाइडर ट्रेडिङमा फस्छ । जसबाट  नैतिकता र पैसासँगै चलेन भने यसबाट ठुलो नोक्सान हुन्छ भन्ने कुरा देखाउँछ ।

इनसाइड जब-Inside Job_

सन् २०१० मा बनेको करिब १ घण्टा ४५ मिनेटको यो फिल्म २००८ को आर्थिक संकटको कारण र त्यसमा संलग्न व्यक्तिहरूको वास्तविक कथामा आधारित  छ। शेयर बजार, बैंकिङ्ग, अर्थशास्त्र बुझ्न चाहनेहरूको  लागि यो फिल्म अनिवार्य हेर्नुपर्ने फिल्म हो । यसमा २००८ को विश्वव्यापी आर्थिक संकट कसरी भयो भन्ने कुरा गहिराइमा बुझाएको छ ।

बोइलर रुम -Boiler Room_

२ घण्टा लामो यस फिल्म काल्पनिक तर वास्तविक स्टक स्क्यामहरूबाट प्रेरित एक कथा हो । यो सन् २००० मा अमेरिकामा बनेको यो फिल्मको मूल्य पात्रमा सेटन डेभिसले भूमिका निभाएका छन् । जसमा एक युवाको ब्रोकरले अवैध स्टक ट्रेडिङमा संलग्न हुन्छ र नैतिकताको द्वन्द्वमा पर्छ । यसले फिल्मले छोटो समयको लाभका लागि अनैतिक तरिका अपनाउँदा हुने नोक्सानलाई देखाएको छ ।

मार्जिन कल-Margin Call_

यो फिल्म पनि २००८ को वित्तीय संकटसँग सम्बन्धी वास्तविक कथा हो । २०११ मा बनेको जेसी चन्दोरद्वारा निर्देशन गरिएको यो फिल्म २००८ को वित्तीय संकट सुरु हुनुभन्दा २४ घण्टाअघिको घटनालाई देखाइएको छ । जसमा एउटा लगानी बैंकका विश्लेषकले वित्तीय संकटको संकेत पत्ता लगाएका छन् । कमजोरीहरूले ठुलो आर्थिक संकट ल्याउन सक्छ भन्ने जस्ता कुरा यस सिरिज हेरिसकेपछि बुझ्न सकिन्छ ।

स्क्याम १९९२ -Scam

सन् २०२० मा बनेको यो एक वास्तविक स्क्याममा आधारित बलिउड सिरिज हो । यस फिल्मले हर्षद मेहताको वास्तविक फिल्म हो । यसले भारतीय शेयर बजारमा १९९२ मा भएको ठूलो स्क्यामको कथालाई देखाएको छ । जसबाट शेयर बजार पैसा कमाउने मात्र होइन, जिम्मेवारीपूर्वक चलाउनुपर्ने प्रणाली हो, लोभ, अनैतिक अभ्यास, र प्रणालीगत कमजोरीहरूले ठूलो आर्थिक संकट ल्याउन सक्छ भन्ने जस्ता कुरा यस सिरिज हेरिसकेपछि बुझ्न सकिन्छ ।

बजार Baazar
सन् २०१८ मा गौरव के. चौलाद्वारा निर्देशन गरिएको यो फिल्मले शेयर बजारमा पैसा कमाउन मात्र नभएर नैतिकता र विवेक पनि जरुरी हुन्छ भन्ने कुराको सन्देश दिएको छ । यसमा वास्तविक शेयर बजारको माहोललाई राम्रोसँग देखाइएको छ । यसमा लोभ र छोटो समयको फाइदा खोज्दा जीवन डुब्न सक्छ, त्यस्तै मार्केट मा सबैभन्दा ठूलो खेलाडी बने पनि अन्ततः सत्य र इमानदारी नै टिक्ने कुरालाई फिल्मद्वारा प्रस्तुत गरिएको छ ।