नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो 

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो 


बैकिङ्ग समाचार,काठमाडौं ।

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९÷८० को अन्तसम्ममा नेपालले  ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाखबराबर आन्तरिक र १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाखबराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रु. दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ । अघिल्लो आर्थिक वर्ष ०७८÷७९ को असार मसान्तसम्ममा यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाखबराबर थियो ।  गत आर्थिक वर्षमा मात्र  एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाखबराबर आन्तरिक र  ६७ अर्ब ५० करोड २२ लाखबराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ  ।