काठमाडौं – सोमबार बढेको शेयर मंगलबार पनि बढेको छ । काठमाडौं – सोमबार बढेको शेयर मंगलबार पनि बढेको । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा मंगलबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ६८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १८ करोड रूपैयाँकाे काराेबार भएकाे छ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशियन हाइड्रोका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।





About Us
प्रतिक्रिया