काठमाडौं – नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डको व्यवस्थापन तथा कानून विभागले एक सूचना जारी गर्दै मुद्दती खातामा लगानी गर्ने बताएका हो ।
बोर्डको अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने व्यवस्था छ । जसका लागी बोर्डले वाणिज्य बैंकले आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित प्रस्ताव पेस गर्न अह्वान गरेको छ ।
बैंकले असोज ९ गतेसम्ममा कार्यालय समयभन्दा एक घण्टा अगाडि नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहनेछ भने बोर्डको लगानी सम्बन्धी नीति तथा सिलबन्दी फाराम बोर्डको वेवसाइटमा राखिएको बताएको छ ।



About Us
प्रतिक्रिया