हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा


बैंकिङ्ग समाचार,काठमाडौं ।
हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १५ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १० बजे विशेष साधारणसभा बोलाएको हो ।

कम्पनीले चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १० सेयर बराबर ६।६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड १२ लाख ७५ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार रुपैयाँ पुर्याइनेछ ।