चलचित्र ‘जूबा’ को घोषणा, सौगात मल्लसँगै नायिकामा सोफी धरेल


काठमाडौं – मोडल सोफी धरेलले ‘जुबा’ मार्फत् चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहेकाे चलचित्रमा मुख्य भूमिकामा सौगात मल्लसँगै नायिकामा धरेलले डेब्यु गर्ने भएकी हुन् ।

स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल रहेकाे चलचित्रमा सौगात र सोफीसँगै मुख्य भूमिकामा अर्का कलाकार सुधन पोखरेल रहेका छन् । चलचित्र घोषणासँगै तीन वटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । 

अर्को पोस्टरमा उनी पीसीओमा उभिएर फोनमा कुरा गरिरहेका छन् । सौगात  र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्ने प्रस्ट भएको छ । अर्को पोस्टरमा सुधन छन्, जसको लुक्सले उनी खलपात्रमा छन् भन्ने प्रस्ट पारेको छ ।