मोडल सोफी धरेल अभिनीत म्युजिक भिडियो “खुसी तिमिलाई” सार्वजनिक (भिडियाे सहित) 

मोडल सोफी धरेल अभिनीत म्युजिक भिडियो “खुसी तिमिलाई” सार्वजनिक (भिडियाे सहित) 


काठमाडौं– मोडल सोफी धरेलको  अभिनय रहेकाे “खुसी तिमिलाई” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा मोडल  धरेलसँगै प्रज्वलराज भट्टको अभिनय रहेको छ । 

 ज्ञानेन्द्र गिरीको शब्द, संगीत रहेको  उक्त गीतमा गायक रञ्जन राई र गायिका अनु चौधरीको स्वर रहेको छ । सुनिल दवाडी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियाेकाे छायाङ्कन प्रकाश खड्का र सम्पादन राकेश दाहालले गरेका छन् । प्रेम भावले ओतप्रोत म्युजिक भिडियाेकाे निर्देशन केशवराज भट्टले गरेका हुन् । 

 पछिल्लो समय चर्चामा रहेकी मोडल सोफी धरेलले कमल खत्रीको ‘मेरो जीवन साथी तिमी’, सीडी विजय अधिकारीको ‘नलाम्की भन्थे ज्यान जाने माया’, ‘सररर हावा चल्यो’, ‘ए सुनन भनन, प्रमीला गुरुङको ‘ए झरी, झरी’ सन्तोष बस्यालको ‘बस है प्यारी’लगायत दर्जनौँ भिडियोमा अभिनय गरिसकेकी छिन्।

भिडियाे हेर्नुहाेस्ः