काठमाडौं – नेपाल धितोपत्र बोर्डले एसवाई प्यानल नेपाल लिमिटेडलाई आईपीओ निष्कासन अनुमति दिएको छ । बोर्डले दक्षिण कोरियाली कम्पनीको सहायक कम्पनीको रुपमा रहेको एसवाई प्यानल नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको बताएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।



About Us
प्रतिक्रिया