नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सीमित 


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेप्से  १९ दशमलव ३५ अंकले घटेर २७ सय ४२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको शेयर मूल्य घटेको छ । 

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै  हिम स्टार ऊर्जा कम्पनीका  लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले गुमाएका छन् । यससँगै आज १३ ओटै इन्डेक्स्हरु राताम्मै देखिएका छन् ।