नेप्सेमा दोहाेराे अंकको गिरावट, कारोबार रकम ६ अर्बमा सिमित


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ३० दशमलव ६९ अंकले घटेर २७ सय ५० दशमलव ३० को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोलाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएई समुन्नती योजना–२ का लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।