नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डको लाभांश घोषणा


काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आर्थिक वष २०८१/८२ को मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन्।

दुवै फण्डले १३/१३ प्रतिशतका दरले नगद लाभांश घोषणा गरेका हुन् । प्रतिफल वितरण प्रयोजनार्थ क्यापिटलले भदौ २२ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । जसमा भदौ २१ गतेसम्म कायम इकाईधनीहरूले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।