काठमाडौं – साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात (बिहीबार) ३८ दशमलव १० अंकले घटेर २७ सय ८१ को विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१० अंक बढेर २७ सय ८४ दशमलव ११ को बिन्दुमा कायम भएको छ ।
आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीले कारोबार गर्दा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यस सेसनमा ४ करोड २२ लाख ६१ हजार ६४८ रुपैयाँको शेयर कारोबार भएको छ ।



About Us
प्रतिक्रिया