बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १५) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन गर्न अनुमति पाएको थियो। यसअन्तर्गत ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

त्यस्तै, २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

उक्त शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकत २० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।