शेयर बजारमा भारी अंकको गिरावट, सबैभन्दा धेरै गुमाउनेमा फाइनान्स र विकास बैंकका लगानीकर्ता

‘बैंकिङ्ग समूहमा ०.८७ अंकको गिरावट’


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ३८ दशमलव १० अंकले घटेर २,७८१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोलाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ओरिएन्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् । यसदिन १२ उपसूचक राताम्य भएको देखिएको छ । आज सर्वाधिक शेयर मूल्य घट्नेमा विकास बैंक र फाइनान्सका लागनीकर्ताहरु रहेको छन् ।

बिहिबार विकास बैंकको शेयर मूल्य २.४३ प्रतिशत र फाइनान्स समूहको शेयर मूल्य १.८३ प्रतिशतले घटेको हो । साथै, होटल तथा पर्यटन समूहको १.६८ प्रतिशत, हाइड्रोपावर समूहको १.४३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.५५ प्रतिशतले शेयर मूल्य घटेको हो ।