स्वस्तिक लघुवित्तको आईपीओ बाडफाँट


काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको छ।कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

बिक्री अवधिभर कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको छ।

रीतपूर्वक आवेदन दिएका २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ ।

यीमध्येबाट १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये थप ५ जनाले १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन्। आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।