प्रि ओपनिङ सेसनमा ०.८९ अंकले बढ्यो नेप्से


काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधवार ५३ दशमलव १ अंकले बढेर २८ सय १९ दशमलव १० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंक बढेर २८ सय २० को बिन्दुमा कायम भएको छ ।

बिहिबार प्रि ओपन सेसनमा ४४ कम्पनीले कारोबार गर्दा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ । यस सेसनमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँको शेयर कारोबार भएको छ ।