काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज आइतवार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक १७ दशमलव २ अंकले घटेर बजार २७ सय ४० दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ४० लाख कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड बढी शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ७५ करोड ७९ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.२९ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया