लाभांश वितरण प्रयोजनका लागि प्रभु क्यापिटल अन्तर्गतका दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय


काठमाडौं –  प्रभु क्यापिटल लिमिटेड अन्तर्गतका सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले लाभांश वितरण प्रयोजनका लागि इकाईधनी दर्ता किताब (बुक क्लोज) मिति तय गरेका छन् । 

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको २१६ औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि योजनाको इकाईधनीलाई नगद लाभांश वितरण गर्न बुक क्लोजको मिति तय गरेको हो । 

यी दुई फण्डहरुले भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन् । यसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्। प्रभु सेलेक्ट फन्डले करसहित १२ प्रतिशत र प्रभु स्मार्ट फन्डले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।