नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

‘बैंकिङ्ग समूहमा १.६८ अंकको गिरावट’


काठमाडौं – साताको अन्तिम कारोबारको दिन शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ। आज बिहीबार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ८ दशमलव २५ अंकले घटेर बजार २७ सय ५८ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ६७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड बढी शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ९८ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै जनउत्थान समुदायीक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका हुन् । आज नन लाइफ इन्स्योरेन्स इन्डेक्सबाहेक सबै सूचकहरु राताम्मे बनेका छन् ।