भदौ २३ गतेदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै  सिटि होटेल


काठमाडौं –  सिटि होटेल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत बराबर १०ः८ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

अर्थात् कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुक क्लोज गरेको थियो। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त  हकप्रद शेयरमा  इच्छुक लगानीकर्ताले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउला खेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।