काठमाडौं – साताको दास्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज सोमबार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ७५ अंकले बढेर बजार २७ सय ७२ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड ५२ लाख कित्ता आसपास शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड बढी शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.१० प्रतिशतका दरले कमाएका छन्। आज सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया