प्रि ओपन सेसनमा १.४८ अंकले बढ्यो नेप्से


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक १.४८ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७ सय ८९ दशमलव ८५ अंकको विन्दुमा आएको छ ।

सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख २० हजार ३३६ कित्ता शेयर किनबेच भएको छ । जसमा २४ कम्पनीको शेयर मूल्य बढेको छ । भने २६ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिन्छ ।