काठमाडौं – यो साता शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समग्रमा ६२ अंकले घटेसँगै कारोबार रकम पनि खुम्चिएको हो । यो साता ३० अर्ब रुपैयाँ बराबरको कारोबार भयो।
यो साता चार दिन कारोबार हुँदा ३ दिन लगातार घटेको बजार १ दिन मात्र झिनो अंकले बढ्यो । साताको पहिलो कारोबार दिनमै सोमबार शेयर बजारमा २७ दशमलव ९० अंकको गिरावट देखिएको छ। यससँगै सूचक २८ सय २२ दशमलव ४६ को बिन्दुमा रोकिएको थियो । सो दिन कारोबार रकम १० अर्ब आसपास कायम भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्सेमा २६ दशमलव २२ अंकको गिरावट देखिएको थियो । यससँगै सूचक समेत घटेर २७ सय ९६ दशमलव २४ को बिन्दुमा रोकिएको थियो । मंगलबार ६ अर्ब ६८ करोड रुपैयाँ आसपासमा कारोबार भयो । त्यसैगरी, तेस्रो कारोबारको दिन बुधबार नेप्से १० दशमलव ५० अंकले घट्याे । यससँगै बजार २७ सय ८५ दशमलव ७४ को बिन्दुमा कायम भयो । बुधबार ६ अर्ब रुपैयाँको कारोबार भयो ।
साताको ३ दिन लगातार घटेको शेयर बजार साताको अन्तिम कारोबारको दिन बिहीबार भने झिनो अंकले बढ्यो । बिहीबार नेप्से २ दशमलव ६२ अंकले बढेसँगै ७ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो। यो साता बजार २७ सय ८८ दशमलव ३६ को बिन्दुमा पुगेर बन्द रोकियो ।



About Us
प्रतिक्रिया