काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ अब सर्वसाधारणका लागि पनि खुल्ला गर्न लागिएको हो।
कम्पनीले कुल २ लाख ३१ हजार कित्ता शेयर निष्कासनको अनुमति पाएकोमा पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरी कुल ३५ हजार ८०५ कित्ता शेयर निष्कासन गरिसकेको छ।
अब बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ । उक्त, आईपीओ निष्कासन छिटोमा भदौ ३ गते बन्द हुनेछ भने सो अवधिमा माग नपुगेमा भदौ १३ गतेसम्म खुला रहनेछ। आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले रहेको छ।



About Us
प्रतिक्रिया