नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ७ अर्ब

‘बैंकिङ्ग समूहमा ८.९५ अंकको गिरावट’


काठमाडौं – साताको अन्तिम कारोबारको दिन शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर बजार २७ सय ८९ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड आसपास शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड १७ रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन आठ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचकमा राताम्य भएको छ। आज वाणिज्य बैंक समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ।