काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ८ अंकले बढेर बजार २८ सय ५२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ५४ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, सिवम् सिमेन्टको ३६ करोड रुपैयाँ आसपास शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, वरुण हाइड्रोपावरका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन् ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो । बैंकिङ्ग ०.४३, विकास बैंक ०.४२, होटेल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रो फाइनान्स ०.३६, निर्जीवन बीमा ०.४२, अन्य १.०३ तथा व्यापार ०.९९ प्रतिशत बढे ।



About Us
प्रतिक्रिया