नेप्से प्रि ओपन सेसन अपडेट : ०.६९ अंक घट्यो


काठमाडौं –  बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७९ अंक घटेर बन्द भएको छ । बुधवार १.९४ अंक घटेर २८ सय ३२ दशमलव ०६ को बिन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७९ अंक घटेर २८सय ३१ दशमलव २७ विन्दुमा पुगेको छ। 

आज प्रि ओपन सेसनमा ५० कम्पनीले कारोबार गर्दा  २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ । जसमा ७७ हजार २२३ कित्ता शेयर कारोबार भएको छ ।