सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ निष्कासन गर्दै स्वस्तिक लघुवित्त


काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ अब सर्वसाधारणका लागि पनि खुल्ला गर्न लागिएकाे हाे ।

कम्पनीले कुल २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरी कुल ३५ हजार ८०५ कित्ता शेयर निष्कासन गरिसकेको छ।

अब बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिँदैछ, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ हुनेछ। आईपीओ निष्कासन छिटोमा भदौ ३ गते बन्द हुनेछ भने सो अवधिमा माग नपुगेमा भदौ १३ गतेसम्म खुला रहनेछ।

आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले रहेकाे छ ।