सिटी होटलद्वारा हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय


काठमाडौं – सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि साउन २७ गते बुक क्लोज गर्ने भएको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर १ कित्ताको ०.८० कित्ताका दरले हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

बुक क्लोजको अघिल्लो कारोबारको दिन साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गरेका शेयरधनीले मात्रै उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।