धितोपत्र बोर्डले मार्जिन कारोबारबारे अध्ययन गर्न बनायो समिति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरबाट मार्जिन कारोबार सुविधा प्रदान गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ । बोर्डले सुपरिवेक्षण महाशाखाका प्रमुख रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको हो।

सदस्यहरूमा कानुन महाशाखाबाट निरञ्जय घिमिरे, नियमन महाशाखाबाट अम्बिका गिरी र ब्रोकर शाखाबाट अनुजकुमार रिमाल रहेका छन्।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले मार्जिन कारोबारसम्बन्धी कार्यविधि, २०७५ मा समसामयिक परिमार्जन गर्न समिति गठन भएको बताए । हालको कार्यविधि अस्पष्ट रहेको भन्दै ब्रोकरहरूले मार्जिन कारोबार भने सुरु गरेका छैनन् ।

कार्यविधिमा संशोधन गरेर मार्जिन कारोबारसम्बन्धी सहज बनाउने योजनामा धितोपत्र बोर्ड रहेको छ । यस विषयमा अध्ययन सुरु भैसकेको र यसमा चाडै नै कार्यविधि संशोधन गरेर लागू हुन्छ लागू हुने प्रवक्ताले बताएका छन् ।