काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन (बिहिबार) शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ४० अंकले घटेर २९ सय १५ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन सर्वाधिक शेयर मूल्य घट्नेमा वाणिज्य बैंक समूहको १.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०७ प्रतिशत, हाइडोपावर समूहको १.३१ प्रतिशत, जीवन बीममा समूहको १.५५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।



About Us
प्रतिक्रिया